नियम ३१
खयर काठ (जरा र ठुटा समेत) को बिक्री
(१) खयरको जरा र ठुटा बिक्री गर्दा तौलको आधारमा र गोलिया बिक्री गर्दा आयतन वा तौलको आधारमा अनुसूची-६ बमोजिमको मूल्य दरमा नघटाई सिलबन्दी बोलपत्र प्रक्रियाद्वारा प्रतिस्पर्धा गराई गर्नु पर्नेछ।

(२) यस नियमको प्रयोजनका लागि खयरको गोलिया मापन गर्दा पलाँस (स्यापउड) सहित मापन गर्नु पर्नेछ र पलाँस हटाई हर्टउड मात्र बाँकी रहेको अवस्थामा आयतन निकाल्दा हर्टउडको :आयतनलाई एक दशमलब चार अङ्कले गुणन गर्नु पर्नेछ।